प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ : प्रचण्ड – Kanika Khabar
Saturday, May 18Nepali News Portal

प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ : प्रचण्ड

    मा प्रकाशित

असार २२, जनकपुरधाम ।
नेकपामा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनस्र्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन आज जनकपुरधाम पुग्नुभएका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिनिधि सभा पुनस्र्थापना हुने र संविधानको मर्म, भावना तथा लोकतान्त्रिक मूल्य मान्यता कायम रहने उहाँको भनाइ थियो । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतलाई दवाब दिन खोजेको आरोप समेत लगाउनुभयो । अदालतलाई दवाव दिएर ओली थप निरंकुश बन्न खोजेको उहाँको आरोप छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्