काँग्रेसमा महाधिवेशन सरगर्मी : नेतृत्वका आकांक्षी बढ्दै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

काँग्रेसमा महाधिवेशन सरगर्मी : नेतृत्वका आकांक्षी बढ्दै

    मा प्रकाशित

असार २७, दाङ ।
नेपाली काँग्रेस १४ औँ महाधिवेशनको तयारीमा छ । महाधिवेशनको मिति नजिकिदै गर्दा काङ्ग्रेसमा चुनावी सरगर्मी पनि बढ्दै जान थालेको हो ।
संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवाले खुलेरै दाबेदारी प्रस्तुत गरे पनि संस्थापन इतर पक्षमा आकांक्षी धेरै देखिएका छन् । संस्थापन पक्षबाट नेतृत्वमा आकांक्षा गर्नेहरु पनि अर्को पक्षमा गएर छलफल गरिरहेको देखिन्छ । आशन्न महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसमा नेताहरु सभापती, महामन्त्रीदेखि पदाधिकारीका उम्मेदवार बन्न गुटगत छलफलमा व्यस्त देखिन्छन् । तर ती छलफलहरु नेपाली काँग्रेसलाई बैचारिक रुपमा अगाडि बढाउन सक्ने नेतृत्व खोज्ने गरी हुन सकेका छैनन् ।

सभापती देउवाले पुन सभापतीमा उम्मेदवारी दिने घोषणा गरे पनि अर्को पक्षमा आधा दर्जन बढी आकाङ्क्षी देखिएका छन् । चार वर्ष अघि तीनै तहको निर्वाचनमा पराजय भोगेको काँग्रेसमा तत्कालिन अवस्थामा नेतृत्व परिवर्तन मात्रै होईन, युवा पुस्ताले पार्टी हाँक्नु पर्ने कुरा समेत चले । केही युवा नेताहरुले छलफल समेत अघि बढाएका थिए । समय बित्दै जाँदा पार्टीभित्र युवा नेतृत्वको बहस गौण बन्दै गएको छ । भईरहेका बहस पनि बैचारिक भन्दा पदीय भागबण्डामा कन्द्रित छन् । पुस्ता परिवर्तनको लामो बहस हुँदै आएको नेपाली काँग्रेसमा १४ औँ महाधिवेसनको संघारमा पनि केही युवा नेता यही विषयको चर्चा गरिरहेका छन् । तर युवा पुस्ताका नेता गुटगत राजनीतिभन्दा पर छैनन् । गगन थापा, विश्वप्रकास शर्मा, प्रदिप पौडेल, लगायतका युवा नेता सहित झण्डै एक दर्जन नेताहरु महामन्त्रीको दौडमा भए पनि सभापतिका धेरै प्रत्यासी हुँदा कसको टिमबाट उम्मेदवार हुने भन्ने अन्यौलमा छन् । काँग्रेसको राजनीतिक भविश्यका लागि पनि नेतृत्व परिवर्तनको विकल्प छैन । तर अहिलेका बहस र छलफल हेर्दा पुरानै पुस्ता दोहोरिने सम्भावना देखिएको राजनीतिक विश्लेषक सोमत घिमिरेको भनाइ छ ।

काँग्रेसको संशोधित विधानमा सभापतिसहित १४ पदाधिकारीको व्यवस्था छ । जसमा दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक जना कोषाध्यक्ष हुनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने नयाँ व्यवस्था यसै महाधिवेशनबाट कार्यान्वयनमा आउने भएपछि काँग्रेसमा सौदाबाजीका लागि पनि उमेद्वार बन्न खोज्नेहरु बढेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्