कथा लगातार हारिरहेँ… – Kanika Khabar
Friday, April 19Nepali News Portal

कथा लगातार हारिरहेँ…

    मा प्रकाशित

तिम्रो साँच्चिकै माया लागेर आयो सपना । म लाजले भुतुक्कै भएँ । कताकता नरमाईलो लागिरहेको थियो । अहिले आएर उसलाई माया लाग्नु पनि स्वभाविक नै थियो । किनकि म लगातार पाँचपटक लुडोमा हारेकी थिएँ ।

लुडो जितेकोमा निकै दम्भ देखाउने उसले तेस्रो पटकमा यो वाक्य भनेको थियो । त्यो पनि गेमको अन्तिम–अन्तिम चरणमा । म केही जवाफ फर्काइन् । म फेरि हारेँ । परिचित तर बोलचाल थिएन । कुरा हुनुपूर्व नै लुडो खेल्नको लागि इन्भाइट गरेको थियो । सामान्य चिनजान थियो नै । पाँच–पाँच पटक लुडोमा उपविजेता हुनु सामान्य कुरा थिएन मेरो लागि ।

‘मलाई हराउने सपना नदेखे हुन्छ, नो चान्स, नेभर’ भन्दै उसले बडो फूर्तिका साथ जित्यो । म निरीहजस्ती भएँ । तर लगातार हारिरहेँ। भाग्य पनि कस्तो ? म अरूलाई प्रायजसो जित्थेँ ।

तर उसले लगातार जितिरह्यो । ६ नम्बरको अंक आउँदै आउँदैनथ्यो, मुस्किलले ५ आउँथ्यो । प्राय १ र ३ मात्र आएको देखेर म आफै दंग पर्थेँ । उसले तेस्रो पटक गेम खेल्नको लागि इन्भाइट गर्दा एक मनले सोच्यों ह्या योसँग खेल्दैन । म ज्वाइन पनि भएनँ ।

‘हारेर भागेको, मैले पहिले नै भनेको थिए नि मलाई हराउने सपना नदेखे हुन्छ, नेभर भन्दै’ फेरि च्यालेन्ज गर्यो । ‘खेलुम फेरि’ मैले म्यासेज सेन्ट गरेँ । ‘इन्भाइट मि’ उसको रिप्लाई थियो । ‘नेभर’ लेखेर म्यासेज सेन्ट गरेँ ।

‘ओके छ त’ भन्दै इन्भाइट गर्यो । म जित्ने झिनो आशाका साथ ज्वाइन भएँ । मानौं म ठूलो युद्धमा होमिदै थिएँ र जित्नै पर्छ भन्ने अठोट थियो । सुरूमै उसको पुनः ६ अंक आयो । मेरो धेरै प्रयासपछि ६ आयो ।

उसको ३ टोकन बोर्डमा पुगिसक्दा मेरो एउटा टोकन बल्ल–बल्ल पुग्यो । यो पटक भने लास्ट–लास्टमा मलाई जिताउनको लागि उसले गलत टोकन प्रयोग गर्यो तर पनि मैले फेरि हारे ।

‘हाहा कंग्रयाचुलेसन्स टु मि’ भन्दै म्यासेज लेख्यो । ‘खेलुम फेरि’ मैले मेसेज गरेँ। ‘हारेर पनि’ उसको रिप्लाई थियो ।

‘उम्, इन्भाइट मि’ मैले म्योसेज सेन्ट गरेँ । लास्ट पटक कोसिस गर्छु, हारे भने फेसबुकबाटै ब्लक गर्ने सोंच बनाएँ । यो चौथो पटक थियो । यो पटक भने सुरूमै मैले एउटा टोकन बोर्डमा पास गराएँ । कता–कता आशा पलायो । फेरि अर्को टोकन बोर्डको संघारमै पुगेकाे थियाे । फेरि जहाँको तही भयो ।

उसले तीनवटा टोकन बोर्डमा पास गराइसकेको समयमा मैले दुईवटा टोकन बोर्डमा पास गराईसकेको थिएँ । यो पटक भने उसको केही फूर्ति थिएन्, न कुनै च्यालेन्ज । त्यसपछि उसले नै गलत टोकन प्रयोग गरेर मलाई जिताउने कोसिस गर्यो । ‘मलाई हराउने सपना नदेखे हुन्छ, नो चान्स, नेभर’ भन्दै उसले बडो फूर्तिका साथ जित्यो । म निरीहजस्ती भएँ । तर लगातार हारिरहेँ । भाग्य पनि कस्तो ? म अरूलाई प्राय:जसो जित्थेँ। तर उसले लगातार जितिरह्यो ।

मैले राम्रोसँग थाहा पाउँथेँ उसले गलत टोकन प्रयोग गरेको । तर उसले जितेर पनि हार्यो । मैले जितेर पनि हारेको महसुस हुन्थ्यो । लकडाउनको लगभग अढाइ महिना पुग्दै छ । कामको त्यति लोड छैन् । पत्रिकाको कामबाहेक म हिजोआज लुडो खेल्न थालेको छु । केही काम नपाएकोले मात्रै लुडो खेल्छन् भन्ने एक किसिमको धारणा थियो । खेलको आफ्नै महत्व र अर्थ हुँदो रहेछ ।

‘तिम्ले जानी–जानी गलत टोकन प्रयोग गर्यौ है, मलाई जिताउन ?’ मैले म्यासेज सेन्ट गरे । ‘होइन्, तिम्ले साँच्चिकै जितेकी हौं’ उसले झुट बोल्यो । शुरूमा म रमाईलोको लागि अनि टाइम पासको लागि मात्र लुडो खेल्थेँ । ऊसँग लुडो खेलेपछि नै मलाई खेल र वास्तविक जिन्दगीको खेलको अर्थ उस्तै–उस्तै लाग्न थालेको हो । लुडोको टोकन जस्तै ।

मेरो लुडो खेल्ने साथीहरू धेरै भइसकेका छन् । पहिले जस्तो दिनहुँ भेट हुँदैन् । आजकाल सबैजनासँग लुडोमा भेट हुन्छ । प्रायः लुडो नै खेल्छौं । केही ऊ जस्तै आफू हारेर पनि जिताउन कोसिस गर्छन् । कोही मलाई हराउनकै लागि पछि पर्छन् ।

कोही मलाई जिताउनको लागि अप्रत्यक्ष साथ दिइरहेको हुन्छन् । एकपटक मलाई एकराज दाइले ग्रुपमा नै ज्वाइन गर्नुभयो । ओहो ! सबैजना एकसे एक खेलाडी । मलाई पनि खुब रमाईलो लागिरहेको थियो । त्यो ग्रुपमा प्रतिद्वन्द्वीको टोकन खुब काटिरहेका हुन्थे । लगभग आधा घण्टासम्म कडा प्रतिस्पर्धा चल्ने । मलाई पनि अर्काको टोकन काट्न खुब रमाइलो लाग्यो । यतिसम्म कि म कसरी सेभ हुने ? भन्ने नै बिर्सिसके छु ।

अरूले आफू सेफ भएर मात्र अरूको टोकन काट्थे, म भने मेरो सबै टोकन लुडोको बोर्डमै यूटर्न हुँदासम्म पनि अरूको टोकन काट्नमा लागे । खेल हो कहिले जितिन्थ्यो । कहिले हारिन्थ्यो । त्यस्तै एउटा साथी थियो । जो मसँग लगातार हारिरहन्थ्यो । तर पनि खेल्न छोड्दैनथ्यो । मलाई पनि रमाईलो लाग्थ्यो । उसले जित्नै लाग्दा पनि हाथ्र्याे ।

यतिकैमा खेल्नेक्रममा उसले सोध्योः तिम्रो राशि भन त ? किन ? मैले सोधेँ ।

भनन्, एकछिन काम छ । उसले जिद्दी गरेपछि मेरो राशि दिए । एकछिन उसको म्यासेज आयो । म्यासेजमा यस्तो लेखिएको थियो– ‘तपाईहरू दुबै राशिबीच दिर्घकालीन सम्बन्ध कायम गर्न ग्राहो हुनेछ । आफ्नो अस्तित्व र आत्मविश्वास गुमाउने सम्भावना हुन्छ ।’ म्यासेज पढिसकेपछि आश्चर्य हुँदै मैले म्यासेज गरेँ के हो ?

‘तिम्रो र मेरो राशि मिलाउँदा हाम्रो पात्रोमा राशिफल एप्समा यस्तो देखाउँछ’ उसको जवाफ थियो । तर पनि हामी फुर्सदको समयमा खेल्छौं । त्यस्तै मैले एकजना साथीलाई पनि लुडो खेल्न सिकाएँ ।

शुरूमा मैले एकै पटक जितेको थिएँ । केही रमाइलो भएन् । त्यसपछि म जानी–जानी गलत टोकन प्रयोग गरेर हारिदिन्थे । ऊ अहिले प्रफेक्छ भईसके । मैले नै उसलाई लुडो खेल्न सिकाएको हुँ।

अहिले उसलाई जित्न हम्मे–हम्मे पर्छ । लकडाउनको समयमा पनि यो लुडो खेलले पनि झनै आत्मीयता बढाएको छ । अनि लकडाउनको नियमको पनि पालना भएको छ । यहाँ लुडे खेल्ने साथीहरूको नाम त लेखिन् । तर सबैजना लुडोमा नै भेट होला ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्