एमालेको संसदीय दलको बैठक भोली बस्दै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

एमालेको संसदीय दलको बैठक भोली बस्दै

    मा प्रकाशित

असार ३१, दाङ ।
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । भोली दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो ।संसद भवन नयाँ बानेश्वरमा हुनेभोलीको बैठकमा पार्टीका प्रतिनिधीसभा र राष्ट्रियसभाका सम्पुर्ण सांसदहरुलाई उपस्थितीका लागि बोलाइएको छ ।

 

बैठकमा समसमायीक राजनीतिक परिस्थिती र सर्वाेच्च अदालतले प्रतिनिधीसभाको विघटनको मुद्धामा गरेकोे फैसलामा केन्द्रीत रहेर छलफल हुने भट्टराई बताउनुभयो । गत असार २८ गते सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीबाट बहिर्गमनमा पर्नुभएका नेकपा अध्यक्ष ओली आफ्नो नेतृत्वको सरकार ढल्न पुगेको भन्दै नेताहरूप्रति आक्रोश व्यक्त गरिरहनुभएको छ । ओली नेतृत्वको सरकारको विकल्पमा एमालेका माधव नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्