घोराही क्षेत्रका अटो चालकहरुले कोभिड विरुद्धको खोप उपल्वध गराउन माग – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

घोराही क्षेत्रका अटो चालकहरुले कोभिड विरुद्धको खोप उपल्वध गराउन माग

    मा प्रकाशित

दाङ, ८ साउन ।

घोराही क्षेत्रका अटो चालकहरुले कोभिड विरुद्धको खोप उपल्वध गराउन माग गरेका छन् । उनीहरुले खोप उपलव्ध गराउन माग गदै घोराही उप महानगरपालिका कार्यालयमा ज्ञापनपत्र वुझाएका हुन ।

अहिले अटो चालकहरु प्राथमिक्तामा नपरेको भन्दै प्राथमिक्तामा राख्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ । संयुक्त अटो व्यवस्थापन समितीले कोभिड १९ को समयमा पनि अटो एम्वुलेन्स समेत सञ्चालन गरिएको हुदा अटो चालकहरुलाई प्राथमिक्ता दिएर खोप उपल्वध गराउन माग गरेको छ ।

ज्ञापन पत्र वुझदै घोराही उप महानगरपालिकाका उप प्रमुख सिता सिग्देल न्यौपानेले अटो चालकहरुलाई कोभिड विरुद्धको खोप उपल्वध गराउन आफनो तर्फ वाट पहल गर्ने बताइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्