बाग्मती प्रदेशका यतायात सम्बद्ध कर आजदेखि विद्युतीय माध्यमबाट बुझाउन सकिने – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

बाग्मती प्रदेशका यतायात सम्बद्ध कर आजदेखि विद्युतीय माध्यमबाट बुझाउन सकिने

    मा प्रकाशित

साउन ८, काठमाडौँ ।
बाग्मती प्रदेशका यतायात सम्बद्ध कर÷राजस्वआजदेखि विद्युतीय माध्यमबाट बुझाउन सकिने भएको छ । यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट आज एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ–वालेट र एपबाटै तिर्न सकिने छ । ब्लुबुक नवीकरण लगायतका कामका लागि राजश्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हट्ने पनि उहाँको भनाइ छ । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ । प्रणालीबाटै तिर्न बाँकी कर लगायतको जानकारी लिएर अनलाइनबाट राजस्व भुक्तानी गर्न सकिने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्