पूर्वमन्त्री गिरीद्वारा तुलसीपुर डान्स स्कुलको उदघाटन – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

पूर्वमन्त्री गिरीद्वारा तुलसीपुर डान्स स्कुलको उदघाटन

    मा प्रकाशित

No description available.

कृष्ण अधिकारी
१० श्रावण , दाङ ।
पूर्व सिचाई मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले तुलसीपुर डान्स स्कुलको उदघाटन गुर्न भएको छ । हिजो शनिबार एक कार्यक्रमका विच नेता गिरीले तुलसीपुर डान्स स्कुलको उदघाटन गुर्न भएको हो । तुलसीपुर डान्स स्कुलको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले मानिस भित्र रहेको कलालाई वाहिर ल्याउनु पर्ने बताउनुभयो । कला माध्यमबाट आफूलाई मात्र नभएर देशको गौरभ हुने काम समेत गर्न सकिने नेता गिरीको भनाई छ । तुलसीपुरमा डान्समा चासो राख्ने युवाहरुका लागि डान्स प्रशिक्षणको रुपमा तुलसीपुर डान्स स्कुल सञ्चालन ल्याएको छ ।

No description available.

तुलसीपुर डान्स स्कुलको सञ्चालक समिति पनि चयन गरिएको छ । जसको अध्यक्षमा जागेश्वर वली, उपाध्यक्ष नविन वली, कोषाध्यक्षमा एस।वि। वली रहेका छन् । सदस्यहरुमा प्रकाश केसी, मदन मुस्कान, एचआर मगर, अर्जुन रोका मगर, सुरेश केसी, विष्णु सुनार रहेका छन् ।

No description available.

 

यसैगरी सल्लाहकारहरुमा सनोद थापा, दिपेश गुप्ता रहेका छन् भने प्रेस सल्लाहकारमा कृष्ण अधिकारी चयन भएका छन् । सो अवसरमा तुलसीपुर डान्स स्कुलको कोरोना अवधिभरको भाडा घरवेटी महालक्ष्मी अफसेट प्रेसका प्रोपाइटर समेत रहेका सालिकराम बस्नेतले करिब ३० हजार छुट गरेको घोषणा गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्