कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै ट्यूनिशियाका प्रधानमन्त्री बर्खास्त – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै ट्यूनिशियाका प्रधानमन्त्री बर्खास्त

    मा प्रकाशित

एजेन्सी ।
ट्यूनिशियामा कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै सत्ता परिवर्तन भएको छ । इस राष्ट्रपति कइस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई पदबाट बर्खÞास्त गर्दै संसद भंग गर्नुभएको छ ।

 

ट्यूनिशियाका सर्वसाधारण कोरोना महामारी नियन्त्रण गर्नमा सरकार असफल भएको भन्दै विरोधमा उत्रिएपछि स्थिति नियन्त्रण बाहिर गएको र विरोध प्रदर्शन हिंसक बनेपछि राष्ट्रपति सैयदले यस्तो कदम चाल्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

 

राष्ट्रपति सैयदले देशमा शान्ति स्थापनाका लागि गरिएको यो निर्णय र अब आउने नयाँ प्रधानमन्त्रीले अवस्था सुध्रिने विश्वास व्यक्त गर्नुभएको छ । ट्यूनिशियामा हालसम्म कोरोना भाइरसको महामारीका कारण ५ लाख ७० हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्