प्रदेश सरकारहरू कोरोना प्रभावितका लागि योजना कार्यान्वयन गर्दै – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

प्रदेश सरकारहरू कोरोना प्रभावितका लागि योजना कार्यान्वयन गर्दै

    मा प्रकाशित

साउन १२, दाङ ।
प्रदेश सरकारहरूले कोरोना प्रभावितका लागि बजेटमा गरिएको व्यवस्था कार्यान्वयनका लागि प्रक्रिया सुरु गरेको दावी गरेका छन् । चालु आर्थिक वर्ष २०७८÷८९ मा ल्याइएको बजेटमा कोरोना प्रभावित व्यक्ति, व्यवसायी, उद्योगीका लागि सातै प्रदेशले विशेष कार्यक्रमको घोषणा गरेका थिए ।

 

सुदूरपश्चि प्रदेश सरकारले कोरोनाको तेस्रो लहरबाट जोगिनका लागि कैलाली र कञ्चनपुरमा दुईवटा होल्डिङ सेन्टर अर्थात भारतलगयतका बिभिन्न मुलुकबाट आएकाहरूलाई केही दिन निगरानीमा राख्ने संरचना बनाइरहेको छ भने किसान, युवा, महिलाका लागि कार्यक्रम ल्याइएको कार्यक्रम सञ्चालनको तयारी गरेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सीआईएनलाई जानकारी दिनुभयो ।

 

कर्णाली प्रदेशले भने उद्योगी, व्यवसायीको सुझाव अनुसार कार्यक्रम कार्यान्वयनदेखि सर्वसाधारण नागरिकलाई मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनको तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले बताउनुभयो ।

 

लुम्बिनी प्रदेशले भने कोरोना प्रभावितका लागि कोभिड कृषि कार्यक्रम चलाउने तयारी गरेको छ । कार्यक्रम सञ्चालनका लागि स्थानीय सरकारसँग पनि समन्वय गरिने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो । बागमती, प्रदेश १ र २ ले पनि कोरोना प्रभावित उद्योग, व्यापार र व्यक्तिका लागि बनाइएका कार्यक्रम समयमै सञ्चालन गर्ने रणनीति अघि बढाएको बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्