पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्चअदालत पाटनबाट पनि सफाइ – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्चअदालत पाटनबाट पनि सफाइ

    मा प्रकाशित

साउन १२, दाङ ।
पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा उच्चअदालत पाटनबाट पनि सफाइ पाउनुभएको छ । आज न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको हो ।

संसद सचिवालयकै एक जना कर्मचारीलाई शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो । महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा जानुभएको थियो ।

बलात्कारको आरोपका कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्