मध्य–पूर्वी मुलुकमा कोरोना महामारीको चौथो लहर सुरु – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

मध्य–पूर्वी मुलुकमा कोरोना महामारीको चौथो लहर सुरु

    मा प्रकाशित

साउन १६, दाङ ।
विश्व स्वास्थ्य संगठनले मध्य–पूर्वी मुलुकमा कोरोना महामारीको चौथो लहर सुरु भएको बताएको छ । डेल्टा भेरिएन्टको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेकोले मध्यपूर्वी मुलुकमा चौथो लहर सुरु भएको बताएको हो ।

संगठनले पहिलो पटक भारतमा फेला परेको डेल्टा मध्यपूर्वमा रहेको २२ मध्ये १५ मुलुकमा फैलिसकेको बताएको छ । जसमा पाकिस्तानसहित मोरक्को, इरान लगातका मुलुक रहेका छन् ।

विश्व स्वास्थ्य संगठनका पूर्वी भूमध्यसागरीय क्षेत्रका निर्देशक अहमद अल–मन्धारीले कोरोनाको चौथो लहरमा बढी जसो सङ्क्रमित गम्भीर किसिमका रहेको र अस्पताल भर्ना गर्नुपर्ने खालका रहेको बताउनुभयो । उहाँले अस्पताल भर्ना हुने अधिकांश बिरामीले खोप नलगाएको पनि प्रष्ट पार्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्