तीन जना अध्यक्ष रहने गरी जनता समाजवादी पार्टीमा नेतृत्व विवाद मिल्यो – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

तीन जना अध्यक्ष रहने गरी जनता समाजवादी पार्टीमा नेतृत्व विवाद मिल्यो

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २५, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने गरी पार्टी मर्जमा देखिएको पछिल्लो विवाद टुंगो लागेको छ ।

महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने गरी विवादको टुंगो लागेको छ ।

यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन् । बाँकी सबैको नाम मात्रै पठाइने भएको छ ।
जसपा नेताहरू दल दर्ताका लागि केहीबेरमा निर्वाचन आयोग आजै जाँदैछन् ।
समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले १० बैशाखमा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको एकीकरण सहमतिअनुसार आयोगमा निवेदन दर्ता गर्न जान लागेको जानकारी दिए ।

राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ । जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो ।

तर हिजो शनिबार परेकाले आजसम्म निवेदन दिने म्याद बाँकी थियो । ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको पैँतालीस दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्