मा प्रकाशित
कनिका संवाददाता
जेठ २५, काठमाडौँ ।
एमसीसीबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने गरी बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघिको अघिल्लो शनिबार बसेको सचिवालय बैठकले अर्को बैठकमा पार्टीद्धारा गठित कार्यदलको प्रतिवेदनसहित एमसीसीबारे विस्तृत छलफल हुने नेताहरुले बताएका थिए । नेकपामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे विवाद छ ।