खोप अभियानको रफ्तार सुस्त भएको भन्दै एमाले नेताको असन्तुष्टि – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

खोप अभियानको रफ्तार सुस्त भएको भन्दै एमाले नेताको असन्तुष्टि

    मा प्रकाशित

साउन १९, दाङ ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले कोरोनाविरुद्धको खोप अभियानको रफ्तार सुस्त भएकोमा असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजकोबैठकमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले खोप, खोप, खोप भनेर आफ्ना तीनवटा प्राथमिकतामा खोप राखे पनि त्यसअनुसार काम हुन नसकेको बताउनुभयो ।

 

६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आजसम्म ५ प्रतिशतले पूर्ण खोप पाएको, १४ प्रतिशतले पहिलो मात्राको खोप पाएको र देशका १६ हजार खोप केन्द्रमध्ये तीन हजार खोप केन्द्र मात्रै परिचालित रहेको उहाँको भनाइ थियो । उहाँले १० औँ हजार स्वास्थ्यकर्मी खोप लगाउने कामबाट विमुख रहेको भन्दै उहाँले यस्तो अवस्थामा असोज महिनाभित्र सबै खोप लगाउँछु भन्ने मन्त्रीको रप्रधानमन्त्रीको घोषणा लागु हुने सम्भावना नदेखिएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्