वन सुरक्षामा कुनै कमी नभएको वन कार्यालयको दाबी : देउखुरीमा लुकीछिपी अवैध काठ चोरी तस्करी रोक्न गस्ती कार्यलाई थप कडाइ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

वन सुरक्षामा कुनै कमी नभएको वन कार्यालयको दाबी : देउखुरीमा लुकीछिपी अवैध काठ चोरी तस्करी रोक्न गस्ती कार्यलाई थप कडाइ

    मा प्रकाशित

शिवु खनाल

दाङ, ५ भदौ /

दाङ देउखुरी क्षेत्रमा हुने अवैध काठ ओसारपसार र चोरी तस्करी नियन्त्रण गर्न डिभिजन वन कार्यालय देउखुरी लमहीले वनमा गस्ती टोली बढाएको छ । विभिन्न सामुदायिक वन क्षेत्रमा हुनसक्ने चोरी तस्करीलाई मध्यनजर गरेर गस्ती टोली परिचालन गरिएको डिभिजन वन कार्यालय देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउनुभयो । चोरी निकासी रोक्नका लागि युद्धस्तरमा गएर सामुदायिक वन समूहमा वन रक्षकहरुले गस्ती गरिररहेका छन् ।

No description available.

देउखुरीका विभिन्न सामुदायिक वनहरुमा अवैध चोरी तस्करी बढ्न थालेपछि गस्ती कार्यलाई थप कडाइ गरिएको डिभिजन वन कार्यालय देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउनुभयो । बाहिर जिल्लाबाट र जिल्लाभित्रका मानिसले लुकीछिपी अवैध रुपमा काठ चोरी गर्ने भएकाले रोक्नका लागि गस्ती कार्यलाई थप कडाइ गरिएको डिभिजन वन कार्यालय देउखुरी लमहीका प्रमुख सुबेदीले बताउनुभयो । उहाँले सामुदायिक वन समूहहरुमा सुरक्षामा कुनै कमी नभएको दाबी गर्नुभयो । देउखुरी क्षेत्रमा एकसय ४८ वटा सामुदायिक वन समूहहरु रहेका छन् ।

दुईजना व्यक्ती सहित अवैध काठ वनको नियन्त्रणमा अवैध रुपमा विभिन्न जातका काठ ओसारपसार गर्दागर्दै देउखुरीबाट डिभिजन वन कार्यालय देउखुरी लमहीले दुईजना व्यक्ती सहित काठका गोलीया बरामद गरेको छ । काठ ओसार पसार गरिरहेको भन्ने सुचना आधारमा खटिएको गस्ती टोलिले चेकजाँच गर्ने क्रममा लमही नगरपालिका वडा नम्बर ८ गिधनियाबाट रा १ त ४२९८ नम्बरको टेक्टरमा बुधबार राति ८ बजे सिमल जातको ५६.४२ क्युफिट गोलिया काठ सहित घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नी निवासी ३६ वर्षिय टेक्टर (चालक) खुसिराम चौधरीलाई पक्राउ गरेको डिभिजन वन कार्यालय देउखुरी लमहीका सुचना अधिकृत प्रेमीलाल प्रसाद शाहले जानकारी दिनुभयो ।

 

उहाँको अनुसार रात १ त ४२९८ नम्बरको टक्टरमा विभिन्न नाप साईजको टाँचा निशानी नलागेको अवैध सिमल जातको ५ थान गोलिया को ५६.४२ क्युफिट पक्राउ गरि थप कार्वाहीको प्रक्रिया अगाडि बढाइएको छ । यस्तै वन कार्यालयले बिहिवार पश्चिमबाट पूर्वतर्फ जादै गरेको रा १ च ९४० नम्बरको सेतो पिकअपमा लोड गरिएको अवैध सालको एकसय ११ थान (४६.४४ क्युफिट) चिरान काठ सहित राप्ती गाउँपालिका वडा नम्बर २ बराखुटी निवासी ३१ वर्षिय (चालक) केशव विकलाई सिसहनियाँबाट नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय देउखुरी लमहीका सुचना अधिकृत प्रेमीलाल प्रसाद शाहले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्