घोराही वडा नं. १६ ले अनिवार्य पिसिआर गराउने – Kanika Khabar
Friday, May 1Nepali News Portal

घोराही वडा नं. १६ ले अनिवार्य पिसिआर गराउने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २५, दाङ ।
दाङ जिल्लास्थित घोराही उपमहानगरपालिका १६ ले क्वारअन्टिनमा बसेका सबैको पिसिआर जाँच गराएर मात्र घर पठाउने भएको छ । भारत तथा छिमेकी जिल्लाबाट आएका व्यक्तिहरुको अनिवार्य पिसिआर जाँच गराएर मात्रै घर पठाउने घोराही उपमहानगरपालिका वडा नं १६ ले जनाएको छ ।
वडाका दुई वटा क्वारअन्टिनमा २० जना छन् । ‘क्वारअन्टिनमा बसेका सबैको पिसिआर जाँच गराएर मात्रै घर पठाउने हो’ घोराही उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तारा डिसीले भने ‘पिसिआर जाँच गराउन ढिलो पालो नै किन नहोस ।’ त्यसको लागि स्वास्थ्य शाखासँग समन्वय भइरहेको उनले बताए । सबैको पिसिआर जाँच गराएर पठाएमा क्वारअन्टिनमा बसेका व्यक्तिहरु पनि ढुक्क हुने उनले बताए । अबको केही दिनमा वडामा ८ जना भारतबाट आउने लागेको खवर पाएको उनले बताए । त्यसको लागि पनि क्वारअन्टिनको व्यवस्था गरेको उनको भनाइ छ । घोराही उपमहानगरपालिका वडा नं १६ मा करिब तीन सय जना बाहिर देशबाट आउन लागेको व्यक्तिहरुको लगत सङ्कलन गरिसकेको वडा अध्यक्ष डिसीले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्