भदौ ६, दाङ ।
लुम्बिनी प्रदेश सभा सचिवालयले सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने बताए लगत्तै नेकपा एमालेले सांसदद्वयलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताएको छ ।
एमालेले दलको ह्वीप उल्लंघन गरेको भन्दै शाही र वलीलाई कारबाही गर्न प्रदेशसभा सचिवालयमा पत्र बुझाए पनि आज आइतबार सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई कारबाही गर्न नमिल्ने जवाफ दिएका थिए ।
सचिवालयले पत्र पठाए लगत्तै एमालेले पत्रकार सम्मेलन गरी एमाले संसदीय दलले सभामुखले संसदीय मूल्य मान्यता विपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको भन्दै सांसद शाही र वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने बताएको हो ।