संविधान र लोकतन्त्रको रक्षाको लागि अध्यादेश : सांसद रसाईली – Kanika Khabar
Friday, April 19Nepali News Portal

संविधान र लोकतन्त्रको रक्षाको लागि अध्यादेश : सांसद रसाईली

    मा प्रकाशित

शिवु खनाल

दाङ, ७ भदौ /

नेपाली काङग्रेसका युवा नेता तथा संघिय सांसद प्रकाश (स्नेही) रसाइलीले लोकतन्त्र र संविधानको रक्षार्थ वर्तमान सरकारले अध्यादेश ल्याएको बताउनुभयो । नेपाली काङग्रेसका आमन्त्रित कन्द्रीय सदस्य तथा पूर्व सांसद कृष्ण किशोर घिमिरेको आमाको निधनमा श्रद्धान्जली दिन दाङ आएका रसाईलीले लमहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनु भएकोह हो ।

 

पूर्व प्रधानमन्त्री केपि वलीले ल्याएको अध्यादेश सत्ता जोगाउनका लागि थियो भने, वर्तमान सरकारले ल्याएको अध्यादेश संबिधान जोगाउनका निम्तीका लागि भएको सांसद रसाइलीले बताउनुभयो । अहिले सरकारले ल्याएको अध्यादेशले परिवर्तनकारी शक्तिहरु एकजुट हुन र लोकतन्त्रको लागि लडेका दलहरुलाई दलबिहिन हुनबाट बचाएको मात्र नभई भुलेर हिजो प्रतिगमनको पक्षमा उभिएका दलका नेतालाई पनि परिर्बतनको बाटोमा आउन फाईदा पुगेको रसाइलीको दावी छ ।

 

नेपाली कांग्रेसको आसन्न महाधिबेशन समयमा सम्पन्न गर्नुमा अर्को बिकल्प नभएकोले कृयाशिल सदस्यताको बिबाद अब छिट्टै किनारा लाग्ने र महाधिबेशन समयमै हुने जिकिर गर्दै अबको नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट ८० प्रतिशत युवाहरुले काङग्रेस पार्टिको नेतृत्व गर्ने पनि उनको तर्क छ ।

 

पत्रकार सम्मेलनमा एमसीसीको बिषयमा पत्रकारले सोधेको जिज्ञासामा बोल्दै युवा नेता रसाइलीले नेपालको देशको संविधान, कानून र राष्ट्रियता माथि आघात पर्ने गरि सरकारले एमसीसी पास नगर्ने तर, राष्ट्रियता बिपरित रहेका बुँदाहरुको संसोधन र परिमार्जन सहित एमसीसी पास हुन सक्ने बताउनुभयो । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण पत्रकार प्रियास्मृती गजमेरले गर्नुभएको थियो ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्