क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान : काङ्ग्रेस – Kanika Khabar
Friday, March 29Nepali News Portal

क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान : काङ्ग्रेस

    मा प्रकाशित

भदौ ८, काठमाडौँ ।

नेपाली काँग्रेसले क्रियासिल सदस्यता सम्बन्धि विवाद समाधान गरेको छ । भदौमा तोकिएको महाधिवेशन सर्नुको मुख्य कारण मानिएको क्रियाशील सदस्यता विवाद समाधानका लागि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा डा. मिनेन्द्र रिजाल र रमेश लेखकसहितको कार्यदल गठन भएको थियो ।

कार्यदलले हिजो पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन पनि बुझाएको छ । प्रतिवेदनमा केही क्षेत्रको नवीकरण तथा सदस्यता वितरणको काम अझै बाँकी रहेको उल्लेख छ । तर, त्यसलाई समाधान गर्न नेताहरुलाई जिम्मेवारी पनि तोकिएको छ ।

बाँकी रहेको विवाद समाधानका लागि प्रदेश १ र २ मा आनन्द ढुंगाना र जीवन परियार, वाग्मती र गण्डकी प्रदेशमा प्रदीप पौडेल र श्याम घिमिरे तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मेवारी तोकिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्