नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने – Kanika Khabar
Friday, September 11Nepali News Portal

नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

    मा प्रकाशित

नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले नेपाली टिम र बंगलादेशबीचको मैत्रीपूर्ण खेल निश्चित भएको बताउनुभयो ।

महासचिव तुलाधरले नेपाली टोलीले बंगलादेशी टोलीसँग सेप्टेम्बर ९ र १२ (भदौ २४–२७) गते दशरथ रंगशालामा खेल्ने जानकारी दिनुभयो ।सेप्टेम्बर ९ र १२ मा नेपाल र बंगलादेशबीको मैत्रीपूर्ण खेल काठमाडौंमा हुने पनि उहाँले जानकारी दिनुभयो ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्