एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा हुने – Kanika Khabar
Sunday, May 31Nepali News Portal

एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा हुने

    मा प्रकाशित

नेपाल भलिबल संघको आयोजनामा एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको छैठौं संस्करण हुने भएको छ ।संघले महिला तथा पुरुष दुवै स्पर्धाको एनभिए क्लब च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म हुने जानकारी गराएको छ ।

यो च्याम्पियनसिप आगामी चैतमा हुने क्लब लिग च्याम्पियनसिपको छनोट प्रतियोगिताको रुपमा समेत रहनेछ ।संघले क्लब च्याम्पियनसिपका लागि सरकारसँग स्वीकृति लिने र राखेप कबर्डहल बुक गर्ने तयारी गरेको छ ।

च्याम्पियनसिप दर्शक विनाकै हुन सक्ने संघले जनाएको छ ।यसपटक पुरस्कार राशिमा पनि दोब्बर वृद्धि गरिएको छ । यसपटक च्याम्पियन हुने टोलीले ४ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् ।

गत सिजन शीर्ष तीनलाई २ लाख, १ लाख र ५० हजार पुरस्कार रहेको थियो । गत वर्ष चैतमा भएको क्लब लिगको विजेताले ३ लाख रुपैयाँ पाएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्