दाङमा लागु औषध नियन्त्रणमा प्रहरीले सक्रियता बढ्यो : प्रयोगकर्ताको संख्यामा कमी आएन – Kanika Khabar
Saturday, May 18Nepali News Portal

दाङमा लागु औषध नियन्त्रणमा प्रहरीले सक्रियता बढ्यो : प्रयोगकर्ताको संख्यामा कमी आएन

    मा प्रकाशित

सुशीला ओली
भदौ १८, दाङ ।
सामाजिक समस्याको रुपमा रहेको लागु औषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाए पनि प्रयोगकर्ताको संख्यामा भने कमी आउन सकेको छैन । दाङ लुम्बिनी प्रदेशको स्थायी राजधानी भएकाले पनि यहाँबाट रोल्पा, सल्यान, प्युठान, रुकुम, बाँके मात्र नभएर छिमेकी देश भारत जाने प्रवेशद्वार भएकाले पनि लागु औषध कारोबार तथा ओसार पसार बढी भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

दाङमा अवैध लागुु औषध तथा प्रतिवन्धीत बन्यजन्तुका अंगहरुको ओसार पसारका रुपमा जिल्लालाई केन्द्रको रुपमा बनाउदै आएका तस्करहरुले पछिल्लो समय सेफ ल्याण्डको रुपमा प्रयोग गर्ने र विक्री वितरण गर्न थालेको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपि मुकुन्द प्रसाद रिजाल जिल्लाको तुलसीपुर र घोराहीमा वढि अवैध कारोबार हुने गरेको बताउनुहुन्छ ।

दाङ रोल्पा, सल्यान, प्युठान, रुकुम, बाँके मात्र नभएर भारत संग पनि जोडिएकाले तस्करहरुले केन्द्र बनाउने गरेका प्रहरीको भनाई छ । यसको कारोबारमा १५ देखि ४० वर्ष उमेर समुहका व्यक्ति लाग्ने गरेको पाईन्छ । जिल्लामा प्रहरी संगै विभिन्न संघसंस्था पनि लागुुऔषध तथा अपराध जन्य क्रियाकलापमा रोक्न काम गर्दै आएका छन् । तर पनि यो संख्या अझै बढ्दै गएको छ । यसको रोकथामका लागि पारिवारिक भुुमिका महत्वपुर्ण हुने सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आर.के शितलले बताउनुभयो ।

जिल्लामा लागुऔषध दुर्वेसनि वढ्नुको कारण आर्थिक र अभिभावकको कारणले भएको जानकारहरु बताउँछन् । जिल्लामा आधा दर्जन भन्दा वढि सुधार गृहहरु सञ्चालनमा रहेका छन् । विभिन्न कारणले युवाहरु दुर्व्यसनी लाग्ने भएकाले परिवारले विशेष ध्यान दिनुपर्ने नयाँ पाईला पुनः स्थापना केन्द्रका संचालक सुरेष भुसाल पनि बताउँनुहुन्छ । आगामि दिनमा यस्ता विभिन्न अपराधजन्य क्रियाकलापलाई न्युनीकरण गर्नको लागि समयमै समाज, परिवार, विद्यालय, प्रहरी प्रसासन जागरुक हुन जरुरीे देखिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्