हुम्लाका अधिकांश विद्यालयहरु सञ्चालनमा – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

हुम्लाका अधिकांश विद्यालयहरु सञ्चालनमा

    मा प्रकाशित

भदौ १९, हुम्ला ।
कोरोना महामारीको दोस्रो लहर स्थिर भएसँगै हुम्लाका शैक्षिक संस्थाहरु सञ्चालन हुन थालेका छन् । कोभिड–१९ जिल्ला विपत व्यवस्थापन समिति (डिसीसीएमसी) ले सङ्क्रमणको अनुकुलता हेरेर शैक्षिक सस्था सञ्चालन गर्न पाईने भनेपछि हुम्लाका विद्यालयहरु सञ्चालन हुन थालेका छन् ।

सीमीकोट गाउँपालीकाले २७ गतेबाट पालीका मातहतका सामुदायीक र नीजी विद्यालयहरु सञ्चालन गरिसकेको छ भने नाम्खाले पनि भोलिबाट सबै विद्यालय खोल्ने निर्णय गरेको छ । यसैगरी जिल्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका सामुदायिक विद्यालयहरु पनि यहि भदौ २२ गतेबाट सञ्चालनमा आउने भएको छन् ।

भदौ १६ गते बसेको कार्यपालिकाको बैठकले २२ गतेबाट गाउँपालिका भित्र रहेका सबै विद्यालयहरुमा पूर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गरेर भौतिक रुपमा विद्यालय सञ्चालनमा आउने निर्णय गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत हंस महताराले जानकारी दिनुभयो ।

डिसीसीएमसीको सोमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेपछि हुम्लाका अधिकांश पालिकाहरुले विद्यालय सञ्चालन गर्न थालेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्