एमालेको अबरोध : संसद बैठक प्रभावित – Kanika Khabar
Saturday, May 18Nepali News Portal

एमालेको अबरोध : संसद बैठक प्रभावित

    मा प्रकाशित

भदौ २३, काठमाडौँ ।
प्रमुख विपक्षी नेकपा एमालेको अबरोधका कारण संसद बैठक स्थगित भएको छ । नेकपा एमालेले आफ्ना १४ सांसदलाइ पदमुक्त नगरेको भन्दै बैठक चल्न नदिने बताएपछि बैठक स्थगित भएको छ ।

बैठकमा एमालेका सांसदहरुले सभामुखमाथि प्रश्न उठाउँदै नाराबाजी गरेका थिए । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले उठेर विरोध गरे । सभामुखले समय दिएपछि प्रमुख सचेतक विशाल भट्टराईले उनले एमालेले कारबाही गरेका सांसदहरुलाई पदमुक्त नगरेको भन्दै सभामुखमाथि नै प्रश्न उठाउनुभयो ।

पार्टी फुटिसकेपछि केही गर्नु नपर्ने भनेर निर्णय गरेको भन्दै उहाँले नेकपा एमालेले कारबाही गरेका सांसदहरुलाई बचाउन र नेकपा एमाले टुक्¥याउन किन सारथिको भूमिका निभाउनु भएको भन्दै प्रश्न गर्नुभयो ।

जवाफमा सभामुख अग्निप्रसाद सापकोटाले पनि आफुले नियम कानुन अनुसारै यसो गरेको भन्दै नियम हेर्न आग्रह गर्नुभएको थियो । एमालेका सांसदहरुले वेल घेराउगर्दै नारावाजी गर्न नछोडेपछि सभामुख सापकोटाले पहिलो बैठक १५ मिनेटको लागि रोक्नुभएको थियो । तर दोस्रो बैठकमा पनि एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर् भन्दै नारावाजी रोकेनन् । बैठक फेरि दोस्रो पटक पनि स्थगित भएको छ ।

यस्तै एमालेको अवरोधपछि राष्ट्रियसभाको आजको बैठक पनि स्थगित भएको छ । राष्ट्रियसभाको बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै यसले लोकतन्त्र र संविधानमाथि प्रश्न उठेको बताउनुभयो । यो विषयको निरुपण नभएसम्म बैठक चल्न नदिने उहाँको भनाइ थियो ।

त्यसपछि एमाले सांसदहरु सिटबाट उठेका थिए ।राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाको समस्या प्रतिनिधिसभामा नै निरुपण हुने भन्दै राष्ट्रियसभा सञ्चालन गर्न दिन आग्रह गर्नुभएको थियो, तर सांसदहरुले नमोनका कारण बैठक स्थिगित भयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्