बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार – Kanika Khabar
Saturday, May 18Nepali News Portal

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

    मा प्रकाशित

भदौ २३, दाङ ।
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो । नवनियुक्त मन्त्रीहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अजय क्रान्ति शाक्य , आर्थिक मामिला तथा योजना मन्त्रालयमा रचना खड्का, सामाजिक विकास मन्त्रालयमा विजय सुवेदी रहेका छन् ।

 

यस्तै, प्रदीप कुमार कटुवाल स्वास्थ्य, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, चन्द्र लामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा नियुक्त भएका छन् । यस्तै जुनेलीमाया श्रेष्ठ स्वास्थ्य मन्त्रालय, जीवन खड्का भौतिक पूर्वाधार तथा विकास मन्त्रालय , सरस्वती वाटी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा राज्यमन्त्रीहरुमा नियुक्त भएका छन् ।

 

यसअघि नै मन्त्री नियुक्त रहनुभएका केशवराज पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्