एमसीसीले नेपाललाई पठायो जवाफ (जवाफको पूर्णपाठसहित) – Kanika Khabar
Saturday, May 18Nepali News Portal

एमसीसीले नेपाललाई पठायो जवाफ (जवाफको पूर्णपाठसहित)

    मा प्रकाशित

भदौ २३, दाङ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपाललाई जवाफ पठाएको छ । अर्थ मन्त्रालयले ३ सेप्टेम्बरमा एमसीसीलाई विभिन्न ११ वटा प्रश्नसहित एमसीसी कम्प्याक्टबारे स्पष्ट पार्न भनेको थियो ।

एमसीसीले बुधबार अर्थमन्त्री जनादर्न शर्मालाई सम्बोधन गर्दै जवाफ पठाएको छ । नेपालले सोधेका प्रश्न र त्यसको जवाफ समावेश गरेर एमसीसीले ११ वटै प्रश्नको जवाफ दिएको छ ।

एमसीसी कम्प्याक्ट नेपालको संविधानभन्दा माथि नरहेको, त्यसको लेखापरीक्षण नेपालको महालेखा परीक्षणले गर्न पाउने, आन्तरिक सुरक्षा मामिलामा कुनै हस्तक्षेप नहुने जवाफ पठाएको छ । एमसीसीकी उपप्रमुख फातिमा सुमारले अर्थमन्त्री शर्मालाई पत्र लेखेर जवाफ दिएकी हुन् । सुमार विहीबार नेपाल आउँदैछिन् । उनले नेपाल आउनुअघि एमसीसीबारे सोधिएका प्रश्नको जवाफ दिएकी हुन् ।

५०० मिलियन अमेरिकी डलर अनुदानको सो सम्झौता संसदबाट अनुमोदन हुनुपर्ने व्यवस्था छ । तर नेपालमा यो सम्झौताबारे राजनीतिक विभाजन हुँदा संसदमा टेबुल भए पनि अनुमोदन हुन सकेको छैन ।

 

 

No description available.

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्