‘प्रतिबिम्बित भावनाहरु’ को समीक्षा तथा गजल वाचन कार्यक्रम सम्पन्न – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

‘प्रतिबिम्बित भावनाहरु’ को समीक्षा तथा गजल वाचन कार्यक्रम सम्पन्न

    मा प्रकाशित

भदौ २६, दाङ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८०औँ श्रृङ्खलामा गजलकार बलबहादुर जि.एम.विवशद्वारा लिखित प्रतिबिम्बित भावनाहरु गजल सङ्ग्रहको समीक्षा एवं १५६ औँ मोती जयन्तीको अवसरमा गजल वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालको प्रमुख आतिथ्यता तथा प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्माको विशिष्ट आतिथ्यमा भएको हो ।

साहित्यकार छविलाल कोपिलाले ‘प्रतिबिम्बित भावनाहरु’ गजल सङ्ग्रहको समीक्षा गर्नु भएको थियो । सो पुस्तकका लेखक गजलकार बलबहादुर जि.एम. विवशले पुस्तक लेखनका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।

सो कार्यक्रममा वरिष्ठ साहित्यकार डा.कृष्णराज डिसी, लेखक संघ दाङ का अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सल्लाहकारहरू डा. लोकराज पराजुली, कमलमणि देवकोटा, नगेन्द्र गुरु, साहित्यकारहरू डा. हिमलाल पन्थी , प्रदीपराज श्रेष्ठ ‘पृथक’, प्रबल बिष्ट, क्षितिज मगर, सरीता देवकोटा, बिमला डाँगी विकलता, रितु गिरी, भुमि क्षेत्री, बिक्रम वलि, मनोज थापा, श्रवण नेपाली लगायतले रचना वाचन गर्नु भएको थियोे ।

सो कार्यक्रममा साहित्यकारहरु देवेन्द्र रिजाल, गिरीराज पन्थी, खेम गाउँले, बोम जि अवतार लगायतको उपस्थिति रहेको थियो ।
उक्त समीक्षा कार्यक्रममा ‘प्रतिबिम्बित भावनाहरु’ गजल सङ्ग्रहको समीक्षा गर्ने अवसर प्रदान गरेकोमा परिषद् जिल्ला शाखा दाङले गजलकार बलबहादुर जि.एम. विवशलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजना तथा गजल अभियान दाङको सक्रियतामा गजल वाचन कार्यक्रम भएको हो । परिषद् जिल्ला शाखा दाङका सहसचिव प्रबल बिष्टको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचीव प्रकाश के सीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्