संविधान संशोधन विधेयक सर्वसम्मत रुपमा पारित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

संविधान संशोधन विधेयक सर्वसम्मत रुपमा पारित

    मा प्रकाशित

कनिका डेस्क
जेठ २७, दाङ ।
कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले मंगलबार प्रस्तुत गरेको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय संसदको प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न लागिएको हो ।
संशोधनका लागि प्रस्तावित विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
उक्त प्रस्ताव निर्णयार्थ पेस गर्नुअघि संसदमा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन जनाएका थिए ।
विधेयकमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सभामुख सापकोटाले उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्