सर्वदलीय बैठक सम्पन्न, एमालेसँग छलफल गर्ने निष्कर्ष – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

सर्वदलीय बैठक सम्पन्न, एमालेसँग छलफल गर्ने निष्कर्ष

    मा प्रकाशित

असोज १४, काठमाडौँ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग थप छलफल गर्ने निष्कर्ष निकालेको छ । बैठकले प्रमुख प्रतिपक्षी दलसँग थप छलफल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई अगाडि बढाउनका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बैठकमा आमन्त्रण गरेको भए पनि एमाले उपस्थित भएन । यसबाट एमाले वार्ता र संवादबाट भाग्न खोजेको मन्त्री कार्कीले बताउनुभयो ।

नागरिकका जनजीविकासँग प्रत्यक्षरुपमा जोडिएका विधेयकहरू पारित गर्न आवश्यक रहेको र यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग थप छलफल गरिने पनि उहाँको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्