एक युवकले थुनुवा कक्षमै गरे आत्महत्या – Kanika Khabar
Friday, March 29Nepali News Portal

एक युवकले थुनुवा कक्षमै गरे आत्महत्या

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २८, धनुषा ।

धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका एक युवाले आत्महत्या गरेकाछन । आत्महत्या पश्चात यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

२२ वर्षीय शम्भु सदासवारी ज्यान मुद्दामा पक्राउ परेका हुन । उनलेले थुनुवा कक्षभित्रै पासो लगाएर आत्महत्या गरेका छन् । उनले आत्महत्या गरेपछि जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट प्रहरी कार्यालयका सिसाहरु फुटेका छन् ।

अहिले सबैलाको अवस्था तनावग्रस्त बनेको छ । जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले बताए । गएराति सबैला नगरपालिकामै एक जना युवकको गोली हानी हत्या भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्