आज साफ फुटबलको उपाधिका लागि नेपाल र भारतबीच भिडन्त हुँदै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

आज साफ फुटबलको उपाधिका लागि नेपाल र भारतबीच भिडन्त हुँदै

    मा प्रकाशित

असोज ३०, दाङ ।
आज साफ फुटबलको उपाधिका लागि नेपाल र भारतबीच भिडन्त हुँदैछ ।

उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८ ः ४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ ।

१३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाललाई ७ पटक उपाधि जितेर सर्वाधिक सफल बनेको भारतसँग खेल्न त्यति सजिलो छैन ।

भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै फाइनल यात्रा तय गरेको थियो ।

नेपाली टिमका प्रशिक्षक किरण श्रेष्ठले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख गर्दै प्राप्त अवसरलाई नगुमाउने र जित्नकै लागि खेल्ने उद्घोष गरेका छन् ।

भारतका प्रशिक्षक शानमुगम वेंकटेशले आफ्नो टिम पुरै आत्मविश्वासी र प्रेरित भएर उपाधि रक्षाका लागि मैदान उत्रने बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्