नवलपरासीमा बस दुर्घटना हुँदा ४२ जना घाइते – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

नवलपरासीमा बस दुर्घटना हुँदा ४२ जना घाइते

    मा प्रकाशित

कात्तिक १, नवलपरासी ।
नवलपरासीमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । जिल्लाको बर्दघाट सुस्तापूर्व नवलपुरमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका हुन् । नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४७६ नम्बरको बस आज सोमबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबासबीचको जङ्गलमा आफै अनियन्त्रित भएर बस पल्टिएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्