प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वास मत लिदै – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वास मत लिदै

    मा प्रकाशित

दाङ,कात्तिक ७ । 
प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वास मत लिन लागेका छन् । यससम्बन्धी प्रस्ताव प्रदेशसभाको गत शुक्रबारको बैठकमा आचार्यले टेबुल गरेका थिए । प्रस्तावउपर छलफलपछि मुख्यमन्त्रीले जवाफ दिने छन् । त्यसपछि मत विभाजन सुरु हुनेछ  ।विपक्षी दलले भने मुख्यमन्त्री आचार्य र नेकपा (एमाले) नेतृत्वको सरकार अल्पमतमा परिसकेपछि पनि सत्ता लम्ब्याउने तानाबानामा बुनिएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । प्रमुख विपक्षी नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले संविधानतः सरकार अल्पमतमा परिसकेको अवस्थामा एकदुई दिन बढाउनु खोज्नु सत्तालिप्साको प्रयास मात्र भएको टिप्पणी गरे ।नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोले सरकार अवैधानिक रुपमा सत्तामा रहेको बताउँदै मत विभाजनसम्बन्धी सबै कार्यमा सरकारद्वारा विलम्ब भएको बताए । सभामुख प्रदीपकुमार भण्डारीले आजको बैठकमा विश्वासको मत विभाजन हुने जानकारी गराइसकेका छन् । अब विपक्षी गठबन्धनबीच भएको सहमतिअनुसार प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन् । उनलाई मुख्यमन्त्री बनाउन दलीय गठबन्धनले प्रस्ताव गरेपछि सदनमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्