इकाे क्लब अफ ग्रेट बुद्धकाे जागरण र्याली – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

इकाे क्लब अफ ग्रेट बुद्धकाे जागरण र्याली

    मा प्रकाशित

     कार्तिक १६, दाङ ।

इकाे क्लब अफ ग्रेट बुद्ध एकेडेमी नारायणपुर दाङले पटका विरूद्धकाे जागरण र्याली निकाली जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेकाे छ ।

यसपटकको तिहारलाई पटकामुक्त तिहार बनाआैँ भन्ने मूल नाराका साथ आज मंगलबार दाङकाे नारायणपुरमा एक र्याली गरी सचेतनामूलक कार्यक्रम गरेकाे हाे । कार्यक्रममा पटका प्रयाेग नगर्न, चाडपर्वकाे समयमा पटका नपट्काउन अनुराेध गरिएका प्ले कार्डसहित नारायणपुर बजार परिक्रमा गरिएकाे थियाे ।

क्लबका अध्यक्ष सुजन आचार्यकाे अध्यक्षतामा भएकाे कार्यक्रममा आशा आचार्य , काेमल आचार्य , आकृति थापा, समीप न्याैपाने र अनिश दाहाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकाे सहजीकरण क्लबकाे सचिव वर्षा थापाले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्