काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : निर्वाचन समितिको कार्यतालिका पारित गरिने – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : निर्वाचन समितिको कार्यतालिका पारित गरिने

    मा प्रकाशित

काठमाडौँ, २८ कार्तिक ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आसन्न महाधिवेशनको तयारी तथा अन्य विविध राजनीतिक अवस्थाबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले बताउनुभयो । यसअघि हिजो पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ ।

ती एजेन्डा आज केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी रहेको पनि उहाँले बताउनुभयो । साथै आजको बैठकले निर्वाचन समितिको कार्यतालिका समेत पारित गर्नेछ। बैठकमा महाधिवेशन सफल बनाउन व्यवस्थापकीय समिति बनाउनेबारे छलफल भएको उहाँले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्नका लागि विधानमा भएका केही व्यवस्थालाई निलम्बन गरिएको र त्यसको निर्णय गराउने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

प्रवक्ता शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ।यसैगरी विदेशस्थित जनसम्पर्क समितिले पठाएका क्रियाशील सदस्यको नाम अनुमोदन केन्द्रीय समितिले गर्ने भएको छ। प्राप्त हुन नसकेका देशका जनसम्पर्क समितिलाई निश्चित अवधि उपलब्ध गराउने जनाएको छ । यस्तै मङ्सिर २४ देखि २६ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने एजेन्डा पनि केन्द्रीय समितिमा पेश गरिनेछ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्