रोकिएको स्पेनिस ला लिगा गए रातिबाट सुरु – Kanika Khabar
Sunday, March 15Nepali News Portal

रोकिएको स्पेनिस ला लिगा गए रातिबाट सुरु

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३०, दाङ
कोरोनाको महमारी फैलिएसँगै तीन महिनायता रोकिएको स्पेनिस ला लिगा गएरातिबाट सुरु भएको छ । खाली रंगशाला र कडा स्वास्थ नियमहरुबीच सुरु हुने ला लिगा युरोपको शीर्ष लिग मध्ये दोस्रो लिग हो ।

जर्मन बुन्डेस लिगा यसअघि नै सुरु भइसकेको छ । गएराति भएको खेलमा सेभियाले बेटिसमाथि २-० गोलअन्तरले जित निकाल्यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सेभियाले दुबै गोल दोस्रो हाफमा गरेको थियो । सेभियाको जितमा लुकास ओकाम्पोस र फर्नान्डोले गोल गर्नुभयो ।

खेलको ५६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै लुकासले गोल गर्नुभएको थियो । खेल स्पेनमा कोरोनामा निधन भएकाहरुको सम्झनामा केही मिनेट मौनधारण गरेपछी सुरु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्