एमालेको सचिवालय र केन्द्रिय कमिटिको बैठक आज – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

एमालेको सचिवालय र केन्द्रिय कमिटिको बैठक आज

    मा प्रकाशित

मंसिर २५, काठमाडौँ ।
नेकपा एमालेको सचिवालय र केन्द्रिय कमिटिको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ११ बजे सचिवालय बैठक बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ्ले जानकारी दिनुभयो ।

त्यसपछि दिउँसो १ बजे केन्द्रिय कमिटी बैठक बस्ने तयारी रहेको उहाँले बताउनुभयो । गठ्ठाघरस्थित एक रिसोर्टमा बस्ने बैठकले स्थायी समिति र पोलिटब्यूरो गठन गर्नेछ । यस्तै सदस्यहरुको कार्यविभाजन गर्ने र पार्टीको आगामी कार्ययोजनाबारेमा छलफल हुने छ । बैठकले जिल्ला र प्रदेश अधिवेशन पनि गर्न बाँकी रहेकाले त्यसको समयसीमा पनि निर्धारण गर्ने तामाङ्ले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्