मनै लोभ्याउने सुनपत्रीको ‘‘सुनछहारी झरना’’ – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

मनै लोभ्याउने सुनपत्रीको ‘‘सुनछहारी झरना’’

    मा प्रकाशित

शिवु खनाल
सुनपत्रीखोला, २८ मंसिर ।
आहा, कति सुन्दर झरना । देख्ने सबले यसै भन्छन । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपत्रीखोलाको छेवैमा रहेको सुनछहारी झरनाले धेरैको मन लोभ्याएको छ । राजमार्ग देखि करिब ११ किलोमिटर नजिकै रहेको सुनछहारी झरनाको प्रर्बद्धन गर्न सके लुम्बिनी प्रदेशकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ । लमही नगरपालिका पूर्वपश्चिम राजमार्ग देखि करिब ११ किलोमिटर दक्षिण तर्फ राजपुर गाउँपालिका अन्तरगत सुनपत्री खोलामा रहेका झरनाको बनावट अनौठो खालको रहेको छ । आवश्यक प्रचारप्रसारको नहुँदा यो क्षेत्र ओझेलमा परेको स्थानीयको भनाइ छ । सरोकारवाला निकाय र स्थानीय सरकारको गतिलो ध्यान नपुग्दा झरना क्षेत्रको उचित संरक्षण हुन सके पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने थियो । माथिबाट सिधा बगेर झरेको पानीले झरनाको थप आकर्षण बढाएको छ । झरनाको दृष्य हेरिरहुँ लाग्ने खालको रहेको छ ।

झरना नजिकै मान्द्र ढंग छेउमै कलकल वग्ने खोलाको सुन्दरता संगै खुल्ला अनि वरीपरी हरिया पहाडहरुको विचमा रहेको झरना क्षेत्रलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट एवम आकर्षक पर्यटकीय स्थल रहेको स्थानीय भिम वलिले बताउनुभयो । शनिबार तथा विदाको समय झरनामा पुगेर फोटा खिच्ने तथा समाउने युवायुवतीहरुको संख्या पनि ठुलै हुन्छ । झरनासम्म पुग्नका लागि पक्की घोरेटो बाटो र मान्छेहरु हिड्ने सहज पैदल मार्ग निर्माण गर्नुपर्ने स्थानिय भिम वलि जोड गर्नुभयो । झरनाको उचित प्रचारप्रसार गर्न सके प्रदेशकै नमुना झरना बन्न सक्ने छ ।

झरनाको लम्बाई झण्डै ८० मिटर छ । झरना नजिकैबाट छर्लङ देखिने सुनपत्री खोला, गाउँ र वरिपरी रहेको हरियो वन जंगलले यस क्षेत्रको सुन्दरता अझै बढाएको छ । झरना क्षेत्र वरिपरिका वनमा विभिन्न जंगली जनावरहरु तथा पंछीहरु देख्न सकिन्छ । यहाँ सामान्य पूर्वाधारहरुको विकास गर्न सके पर्यटकहरुको आकर्षण बढ्ने स्थानियको विश्वास छ । राजपुर गाउँपालिका क्षेत्रमा ओझेलमा परेका थुप्रै पर्यटकीय स्थलहरु रहेका र तीनीहरुको प्रचारप्रसारमा गर्न गाउँपालिका लागि परेको गाउँपालिकाका प्रवक्ता श्याम रोकाले बताउनुभयो । झरना हेर्न गाउँका स्थानीयहरु झरना स्थल पुगेर रमाउने गरका छन । यस क्षेत्रको विकास गरी आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउनु पर्नेमा स्थानीयको जोड छ ।

ओझेलमा देउखुरीको सुनछहारी झर्ना
दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ को सुनपत्रीमा रहेको सुनछहारी झर्ना प्रचारप्रसारको नहुँदा ओझेलमा परेको छ । लमही नगरपालिका ९ अमेलीयाको महेन्द्र राजमार्गबाट ११ किलोमिटर दक्षिणी क्षेत्रमा रहेको उक्त झरना हेर्दा लोभलाग्दो भएपनि झरनाको बारेमा स्वयम राजपुर गाउँपालिकाका स्थानीयलाई समेत जानकारी छैन । २५ मिटर अग्लो डाँडाबाट एकनास झरीरहने झरनाको प्रचार प्रसार गर्न सके पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने स्थानीयको भनाइ छ । राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपत्री निवासी भिमवहादुर घर्तीले सुनछहारी झर्नाको प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, सुनछहारी झर्ना ठूलो सम्पत्ती हो, प्राय तराइमा नहुने झर्ना हाम्रो क्षेत्रमा छ,यहाँसम्म सहज रुपमा आवतजावतको लागि सडकको व्यवस्था गरे आन्त्रिक तथा वाह्य पर्यटक भित्राउन सकिन्छ ।

राजपुर गाउँपालिका वडा नम्बर ७ सापु डाँडामा मुल रहेको सुनछहारी झर्नासम्म सहज रुपमा पुग्न हालसम्म राम्रो सडक छैन । राप्ती नदीमा रहेको झोलुङ्गे पुलबाट मोटरसाइकल ओहोरदोहर र्ने भएपनि ठूला गाडी झरना सम्म जान सक्दैनन् । झर्नाको प्रचारप्रसारसंगै सडकलाई प्राथमिकता दिएरु काम गर्नुपर्ने अवस्था रहेको स्थानीय राजकुमार चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सडकलाई प्रथामिकता दिएर। सुनछहारी झर्ना सम्म सहज यातायातको व्वस्था गर्न आवश्यक छ । सुनछहारी झर्नालाई व्यवस्थित बनाउनको लागि स्थानीयहरु पनि सक्रिय हुन थालेका छन् । राजपुर गाउँपालिकाको चारलाख रुपियाँ सहयोगमा पिकनिक स्पोर्ट निर्माण गरिएको छ । यस संगै गाउँपालिकाको पर्यटन प्रवद्र्धन शिर्षकबाट आगामि आर्थिक बर्षमा बजेटको व्यवस्था गरेर दुवै झरनासम्म जाने दुइ तर्फ रेलिङ र सिंडी निर्माण गर्न आग्रह गरिएको सुनपत्री आधारभुत विद्यालयका शिक्षक भागवत चौधरीले जानकारी दिनुभयो ।

सुनछहारी झर्नाबाट लघु बिद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेकाले यस विषयमा पनि अनुसन्धान गर्न आवश्यक रहेको छुनछहारी झर्नाको विषयमा जानकार निमवहादुर थापाले जानकारी दिनुभयो । सुनछहारी झर्नाको बारेमा प्रचारप्रसार हुन नसकेको बारेमा स्थानीय जनप्रतिनिधि पनि स्किार गर्ने गर्दछन । राजपुर गाउँपालिका प्रवत्ता श्यामवहादुर रोकाले गाउँपालिका सम्म पनि सुनछहारी झर्नाको विषयमा योजना माग नहुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, गाउँपालिका सम्म योजना माग भएर आउँदैन, गतसाल पिकनिक स्पोर्टको लागि योजना माग भएको थियो, यो बाहेक अरु गर्न सकिएको छैन ।

यस्तै प्रवत्ता रोकाले आफु स्थलगत रुपमै सुनछहारी झर्नाको निरीक्षण गरेको जानकारी दिदै अत्यन्तै मनोरप दृश्य सहित सुनछहारी झर्नालाई पर्यटकिय रुपयमा विकास गर्ने गरि गुरुयोजना वनाएरु लाग्ने बताउनुभयो । सुनछहारी झर्नादेखि राजपुर गाउँपालिकाको सुनपथरी नाका हुँदै छिमेकी राष्ट्र भारत जान सकिने भएकाले नाका सम्म सडक विस्तार गर्न सके भारतीय पर्यटक भित्राउन सकिने प्रशस्त सम्भावना रहेको छ । अहिले उक्त स्थानमा नेपाल सरकार प्रदेश नम्बर ५ बाट एक करोड ५० लाखको लगानीमा गोठुवा सुनछहारी,सुनपथरी नाका सम्म सडकको ट्¥याक खोल्ने काम भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्