स्थानीय तहको चुनाव वैशाखमा : निर्वाचन आयोग – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

स्थानीय तहको चुनाव वैशाखमा : निर्वाचन आयोग

    मा प्रकाशित

काठमाडौं, ९ पुस ।

निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी वैशाख १४ गते गर्न सकिने सरकारसंग प्रस्ताव गरेका छन् । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश  थपलियाले सबै स्थानीय तहको चुनाव ०७९ वैशाख १४ गते बुधबारका लागि तोक्न उपयुक्त हुने सुझाव दिएका छन् ।

थपलियाले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनबारे सुझाव समेत दिए । कुनै कारण एकै दिन निर्वाचन गर्न सम्भव नभए पहिलो चरणको ०७९ वैशाख १४ गते र दोस्रो चरणको वैशाख २२ गते गर्न सकिने उलने प्रधानमन्त्रीलाई जानकारी दिए ।

कानुन बमोजिम स्थानीय तहको निर्वाचन आगामी ०७९ वैशाख महिनामा गर्नुपर्ने आयोगले जनाएको छ । आयोगकाअनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम ०७९ जेठ ५ गते स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुदैछ । संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

आयोगकाअनुसार कार्यकाल सकिएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था रहेको छ ।

Press Release 2078-09-09 (1).jpeg

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्