आज संसदबाट ऐतिहासिक निणर्य हुने, पुनः संसदमा दलहरुको अभूतपूर्व एकता, संशोधन प्रस्ताव परिपक्वताको लागि ७२ घण्टा पूरा – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

आज संसदबाट ऐतिहासिक निणर्य हुने, पुनः संसदमा दलहरुको अभूतपूर्व एकता, संशोधन प्रस्ताव परिपक्वताको लागि ७२ घण्टा पूरा

    मा प्रकाशित

कनिका डेस्क

जेठ ३१, दाङ ।

आज संसदबाट नक्सा सम्बन्धी नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित हुने भएको छ । सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक आज शनिबार पारित हुने भएको हो ।

यो विधेयक पारित भएसँगै नेपालको संसदमाबाट अर्को ऐतिहासिक निणर्य हुनेछ । सम्भवतः आज नेपाल र नेपालीको लागि अर्को ऐतिहासिक दिन रहनेछ । ऐतिहासिक निणर्यसँगै अब मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ ।

संघीय संसदबाट लिम्पियाधुरा सहितको नयाँ निशानछाप बनाउन गरिएको संविधान संसोधन प्रस्ताव आज पारित हुने संसद सचिवालयले जनाएको छ ।

संसोधनको प्रस्ताव गरेपछि यो प्रस्ताव परिपक्व हुनका लागि आवश्यक पर्ने ७२ घण्टाको समयावधि हिजो पूरा भएपछि आज छलफल गरी पारित गर्ने तयारी भएको हो ।

आज शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा संविधान संसोधन विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र दफाबार छलफल पछि पारित गरिनेछ ।

समाजवादी पार्टी, नेपालले संविधानको अनुसूची-३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निणर्य हिजो गरेको छ ।

नयाँ नक्साअनुसारको निशान छापसम्बन्धी संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलले समर्थन जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्