पहिलो पटक फेला प‍र्यो पदार्थको पाँचौ अवस्था – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

पहिलो पटक फेला प‍र्यो पदार्थको पाँचौ अवस्था

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३१ , दाङ ।
अन्तरिक्षमा खोज गरिरहेका वैज्ञानिकहरुले पहिलो पहिलो पटक त्यहाँ पदार्थको पाँचौ अवस्था फेला परेको जनाएका छने । यसले बह्रमाण्डको रहस्यको बारेमा साथै यसको उत्पत्तिको वारेमा धेरै कुराहरु पत्ता लागउन सकिने बैज्ञानिकहरुले दावि गरेका छन् ।
वैज्ञानिकहरु अल्बर्ट आइन्सटाइन र सत्येन्द्र नाथ बोसले पदार्थको यस अवस्थाको वारेमा १०० वर्ष पहिले १९२० मा पहिलो पटक बताएका थिए । त्यसकारण यसलाई बोस–आइन्टाइन कंडेनसेट्स (बीईसी) पनि भन्ने गरिन्छ । यसको प्रयोग अंतरराष्ट्रीय स्पेस स्टेशनमा गरिएको थियो ।
कसरी बन्छ पदार्थको पाँचौ अवस्था ?
जव कुनैपनि तत्वको परमाणुलाई पूर्ण शून्य तापक्रम ९जीरो डिग्री केल्भिन वा माइनस २७३।१५ डिग्री सेल्सियस० चिसो पारे पछि पदार्थको पाँचौ अवस्था बन्दछ । यस अवस्थामा त्यस तत्वका सवै परमाणुहरु मिलेर एउटै बन्दछन् जसलाई सुपर एटम भनिन्छ । यही नै पदार्थको पाँचौ अवस्था हो । कुनै पनि पदार्थमा परमाणुहरुको गति फरक फरक हुन्छ तर पदार्थको पाँचौ अवस्थामा एउटा मात्रै ठूलो परमाणु हुन्छ जसमा तरंग पैदा हुन्छ ।
के बीईसीको अध्ययन पृथ्वीको सतहमा संभव छ ?
बैज्ञानिकका अनुसार बीईसी धेरै सम्वेदनशील हुन्छ । यदि यसको अवस्थामा थोरैमात्र अवरोध भयो भने यो तात्दछ र पदार्थ पाँचौ अवस्थामा रहनसक्दैैन् । यसकारण यसको अध्ययन पृथ्वीमा लगभग असम्भब रहेको छ ।
बैज्ञानिकहरुले अन्तरिक्षको रहस्यमयी डार्क इनर्जीकोबारेको जानकारी पदार्थको पाँचौ अवस्था ९बीईसी०मा लुकेको विश्वास गर्दछन् । साथै ब्रहमाण्डको फैलाटको पछाडी त्यही डार्क इनर्जीको मूख्य भूमिका रहेको कुरामा बैज्ञानिकहरु विश्वस्त देखिन्छन् ।
यस अनुसन्धानलाई “नेचर” जर्नलमा प्रकाशित गरिएको छ ।
पदार्थका अन्य चार अवस्थाहरु–ठोस, तरल, ग्यास र प्लाज्मा हुन् । प्लाज्मा पनि ग्यासिय अवस्था नै हो तर आयोनाइज्ड अवस्था ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्