गुल्मीमा कोरोना संक्रमणबाट एक युवाको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

गुल्मीमा कोरोना संक्रमणबाट एक युवाको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

    मा प्रकाशित

कनिका खबर
जेठ ३२, दाङ ।

गुल्मीमा अर्का एक युवाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका २७ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । उपचारको क्रममा ती युवाको तम्घासस्थित आइसोलेसनमा मृत्यु भएको होे । मृतक युवा क्यान्सर रोगबाट पीडित रहेको अर्यालको भनाइ छ । स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि भने गरेको छैन । तीन साता अघि गुल्मीकै ४१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । गुल्मी मदाने गाउँपालिका-६ का युवाको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्