‘ए’ डिभिजन लिगमा एनआरटी विजयी – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

‘ए’ डिभिजन लिगमा एनआरटी विजयी

    मा प्रकाशित

न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित हात पारेको छ । लिगको नवौं चरण अन्तर्गत आज भएको अन्तिम खेलमा जावलाखेल युथ क्लबलाई २–०  ले पराजित गर्दै एनआरटीले जित हात पारेको हो ।

 

जितसँगै एनआरटी ९ खेलबाट १३ अङ्क जोडेको छ । एनआरटी छैटौं स्थानमा छ । जुन शीर्ष स्थानको मछिन्द्रभन्दा दश अङ्कले पछाडि हो । लिगमा नवौं चरणको खेल सकिँदा मछिन्द्र २३ अङ्कका साथ शीर्ष स्थानमा छ । १९ अङ्कका जोडेको मनाङ दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी १७ अङ्कका साथ तेस्रो स्थानमा छ भने चौथो स्थानको थ्री स्टारले १६ अङ्कका जोडेको छ । पाँचौं स्थानको सङ्कटाको १४ अङ्क छ । पराजित जावलाखेल भने आठ अङ्कका साथ दशौं स्थानमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्