ओमिक्रोनको अस्वभाविक वृद्धि : विश्वभर एकैदिन थपिए ३४ लाखभन्दा धेरै सङ्क्रमित – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

ओमिक्रोनको अस्वभाविक वृद्धि : विश्वभर एकैदिन थपिए ३४ लाखभन्दा धेरै सङ्क्रमित

    मा प्रकाशित

एजेन्सी ।
विश्वभर दैनिक रुपमा कोरोना सङ्क्रमित थपिने सङ्ख्याले नयाँ रेकर्ड बनाएको छ । गत २४ घण्टामा मात्रै ३४ लाखभन्दा धेरै नयाँ सङ्क्रमित थपिएको वल्डोमिटरले जनाएको छ ।
योसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३३ करोड ९१ लाख नाघेको छ ।यस्तै २४ घण्टामा १७ लाख २८ हजार सङ्क्रमित निको भएसँगै विश्वभर कोरोना जित्नेको सङ्ख्या २७ करोड २६ लाख नाघेको छ । यसैगरी ८ हजार ५ सय ८० जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५५ लाख ८२ हजार नाघेको छ । विश्वमा अझै पनि ६ करोड सक्रिय सङ्क्रमित रहेकामा ९६ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले कोरोना भाइरसको सङ्क्रमण सकिएको भ्रममा नपर्न चेतावनी दिएको छ । डब्लूएचओका महासचिव डा. टेड्रोस गेब्रेसियसले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ भेरियन्ट देखिन सक्ने भन्दै तत्काल कोभिड महामारी अन्त्य नहुने चेतावनी दिनुभयो ।

ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर भएको भन्दै लापरवाही हुन थालेपछि उहाँले नजरअन्दाज नगर्न विश्व समुदायसँग अपील गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्