मन्त्री यादवले सिके राउतलाई ज्यान मार्ने धम्की दिइन् – Kanika Khabar
Tuesday, March 19Nepali News Portal

मन्त्री यादवले सिके राउतलाई ज्यान मार्ने धम्की दिइन्

    मा प्रकाशित

माघ ६, काठमाडौँ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् । नेतृ यादव जनता समाजवादी पार्टीकी नेता समेत हुन् ।

बुधबार बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन भौतिक पूर्वाधारमन्त्री रेणु यादव रौतहटको गौर पुगेकी थिइन्। उनले त्यहाँ पनि जनमत पार्टीको विरोधको सामना गर्नुपर्‍यो।

बलिदानी दिवसको अवसरमा गौरमा आयोजित कार्यक्रममा मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या हुनसक्ने चेतावनी दिइन्। उनले गौर नरसंहार स्मरण गराउँदै राउतको हत्या हुनसक्ने चेतावनी दिएकी हुन्।

राउतप्रति आक्रोशित बनेकी मन्त्री यादवले अर्को गौर नरसंहार मच्चाउने चेतावनी दिइन्।

तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीबीच २०६३ सालमा भीडन्त हुँदा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो।

गौरको त्यो घटना सम्झाउँदै उनले सिके राउतले फणा उठाए त्यही हालत हुने चेतावनी दिइन्।

हिन्दीमा भाषण गरेकी मन्त्री यादवले ‘तुफान’ सँग टकराउने प्रयास गरे सिके राउत पनि मारिनसक्ने बताएकी थिइन्।

‘राइस मिल अहिले पनि जिवीतै छ। गौरमा फणा देखाउने प्रयास नगर। यहाँ लाठी भाँच्न मानिसले जानेका छन्। तुफानसँग टकराउने प्रयास नगरे हुन्छ। यौ गौर ऐतिहासिक जिल्ला हो,’ उनले भनेकी थिइन्,‘बलिदानी दिवसमा हिंसा गर्नु छैन। तुफानसँग टक्कर लिने प्रयास गर्‍यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो।’

मन्त्री यादव त्यतिकैमा रोकिइनन्। जनमत पार्टीका अध्यक्ष राउतको नामै लिएर राइस मिलको इतिहास बिर्से हत्या हुनसक्ने चेतावनी दिइन्।

‘त्यो इतिहास डाक्टर साहेबले नभुलुन्। नत्र तपाईंको कार्यकर्ता मारिन्छन्, तपाईंलाई पनि घेराबन्दी गरेर मारिदिन्छन्,’ सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा यादवले भनेकी छिन्,‘हत्या हुन्छ, सतर्क रहनुस्। डाक्टरसाहबलाई म चेतावनी दिन्छु, यदि कलेजोमा ताकत छ, गाई भैंसीको दूध खानुभएको छ भने सिंहदरबार गएर घेर्नुस्। तर जसको नसामा गाई र भैंसीको दूधको रगत बगेको छ, यसलाई फासफुस कहिल्यै लिनु हुँदैन। लड्ने प्रयास नगर्दा बेस हुन्छ।’

सिके राउत नेतृत्वको जनमत पार्टी अहिले मधेसका जिल्लाहरूमा किसान आन्दोलनलाई तीब्र बनाइरहेको छ। किसानको हकहितसँग सम्बन्धित विभिन्न माग राख्दै जनमत पार्टी आन्दोलन गरिरहेको छ।

आन्दोलनका क्रममा उसले संघीय सरकारका साथै मधेश प्रदेश सरकारलाई निरन्तर निशाना बनाइरहेका छन्। २ माघमा एक कार्यक्रममा सहभागी हुन गइरहेका बेला जनमत पार्टीका कार्यकर्ताहरूले जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय सरकारकी भौतिक पूर्वाधारमन्त्री रेणु यादव, मुख्यमन्त्री लालबाबु राउतलाई कालो झन्डा देखाएर विरोध गरे।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्