माेटर साइकलमा पनि जाेर बिजाेर लागू – Kanika Khabar
Thursday, April 18Nepali News Portal

माेटर साइकलमा पनि जाेर बिजाेर लागू

    मा प्रकाशित

कनिका खबर

जेठ ३२, दाङ ।

मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता हटेकाे छ । अाज अाइतबार गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।

असार १ गते अर्थात सोमबारदेखि चारपाङ्ग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोरबिजोर प्रणाली लागू हुने भएको छ । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको रातोपाटीलाई जानकारी दिए ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको थियो । यद्यपि, मोटरसाइकलमा चालक अर्थात् एकजना मात्रै बस्न पाइने जानकारी सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

गृहको सर्कुलरअनुसार उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरलाई एक जिल्ला मानी जोर विजोर प्रणाली लागू गरिएको छ । यसबाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान भने निषेध गरिएको छ । जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्