निर्वाचनका लागि संविधान संशोधन गराउने पक्षमा काङ्ग्रेस छैन : महामन्त्री थापा – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

निर्वाचनका लागि संविधान संशोधन गराउने पक्षमा काङ्ग्रेस छैन : महामन्त्री थापा

    मा प्रकाशित

माघ १५, दाङ ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि स्थानीय तहको निर्वाचनबारे सत्तारुढ गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताउनुभएको छ ।

हिजो नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले स्थानीय तहको निर्वाचनबारे स्थानीय तह निर्वाचन ऐनले गरेको व्यवस्था संशोधन गर्नु संविधानसम्मत नहुने बताउनुभयो ।

संविधानसम्मत नहुने कुरालाई काँग्रेसले बोक्नुपर्ने कुनै कारण नरहेको उहाँको भनाइ छ । उहाँले गठबन्धनका नेताहरूले पनि संविधान बाझिनेगरी कुनै काम नगर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्