असुरक्षित बन्दै क्वारअन्टिन, क्वारअन्टिनमा बसेकी महिलामाथि सामुहिक बलात्कार – Kanika Khabar
Thursday, December 9Nepali News Portal

असुरक्षित बन्दै क्वारअन्टिन, क्वारअन्टिनमा बसेकी महिलामाथि सामुहिक बलात्कार

    मा प्रकाशित

वीरेन्द्र रावल
धनगढी, जेठ ३२ ।
स्वयंसेवकको भूमिकामै रहेका एक जनाले मात्र होइन तीन तीन जनाको मति बिग्रेपछि स्वयंसेवामा लागेका मानिसहरुमाथि नै आँच आउने सर्वनाक घटना कैलाली जिल्लाको एक क्वारअन्टिनमा हुन पुगेको छ ।

कैलाली लम्की चुहा नगरपालिकाको क्वारअन्टिनमा बसेकी महिलालाई स्वयंसेववकले सामुहिक बलात्कार गरेको आरोप लागेको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका १ मा रहेको सहिद स्मृति माविको क्वारअन्टिनमा रहेकी ३१ वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको हो ।
पीडित महिलाले क्वारअन्टिनमा स्वयंसेवकको रुपमा राखिएका ३ जनाले आफूलाई बलात्कार गरेको आरोप लागेको लगाएकी छिन् ।

क्वारअन्टिनमै बलात्कार भएको भन्दै आइतबार उक्त स्थानमा स्थानीयले विरोध प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार दुव्र्यवहार गर्ने ३ जनालाई नियन्त्रणमा लिईएको छ ।

क्वारअन्टिनमा समेत रहेकी महिलामाथि संवेदनशील अवस्थमा बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कारवाही हुनु पर्ने माग स्थानीयले गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्