पहिरोले मृत्यु भएका ८ जनाको सामूहिक अन्तेष्टि गरिने – Kanika Khabar
Friday, September 11Nepali News Portal

पहिरोले मृत्यु भएका ८ जनाको सामूहिक अन्तेष्टि गरिने

    मा प्रकाशित

कनिका संवाददाता
असार १, पर्वत
पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको शवको सामूहिक अन्तेष्टि गरिने भएको छ । शनिवार रातीको वर्षा सँगैको पहिरोमा पुरिएका ८ जनाको शव भेटिएको छ भने एक जना वेपत्ता छन् ।

वेपत्ता रहेका जेनिस विकको खोजी भइहेको छ । पहिरोमा परि मृत्यु भएका ५८ वर्षका तुलबहादुर थापा, ५७ वर्षका मीनाकुमारी थापा, ३४ वर्षका दिर्पा थापा, १४ वर्षका विवेक थापा, चार वर्षका विविसा थापा, ११ वर्षका सम्राट थापा, ३० वर्षका कमला विक र ८ वर्षका प्रमिसा विकको सामूहिक अन्तेष्टि गरिने कुश्मा नगरपालिका ३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिनुभयो ।

मृतक सबैको शव पर्वत अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्