दाङमा एक सय ५१ शिक्षक दरबन्दी खाली – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङमा एक सय ५१ शिक्षक दरबन्दी खाली

    मा प्रकाशित

अमरराज आचार्य
दाङ, २१ माघ ।

जिल्लामा १ सय ५१ जना शिक्षकको दरबन्दी खाली रहेको छ । प्राथमिक, निमावि तथा माध्यमिक तह गरेर यो संख्यामा शिक्षक दरबन्दी खाली रहेका शिक्षा विकास तथा समन्वय इकाई दाङले जनाएको छ । अहिले जिल्लामा प्रावि तहको १ सय २२ जना, निमावि तहको २३ जना र माध्यमिक तहको ६ जना गरेर १ सय ५१ जनाको दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय इकाई दाङ प्रास डिल्ली श्रेष्ठले जानकारी दिए ।

प्राथमिक तहको १ सय २२ जना खालीमध्ये घोराही उपमहानगरपालिकामा ३९ जना, तुलसीपुर उपमहानगरपालिकामा २१ जना, लमही नगरपालिकामा २ जना, राप्ती गाउँपालिकामा ५ जना, गढवा गाउँपालिकामा ८ जना, राजपुर गाउँपालिकामा १३ जना, बंगलाचुली गाउँपालिकामा १७ जना, दंगीशरण गाउँपालिकामा ४ जना, शान्तिनगर गाउँपालिकामा ३ जना, बबई गाउँपालिकामा १० जना दरबन्दी खाली रहेको छ ।

निमावि तहको २३ जनामध्ये नेपाली विषयको राजपुर गाउँपालिकामा १, बंगलाचुली गाउँपालिका २ तुलसीपुर उपमहानगरपालिका २, घोराही उपमहानगरपालिकामा २ दरबन्दी रिक्त रहेको छ । अंग्रेजी विषयमा राजपुर गाउँपालिकामा एउटा दरबन्दी खाली रहेको छ । विज्ञान विषयमा बंगलाचुली गाउँपालिका २, बबई गाउँपालिकामा १, घोराही उपमहानगरपालिकामा एउटा दरबन्दी रिक्त रहेको छ । गणित÷विज्ञान विषयमा राजपुर गाउँपालिकामा २, बंगलाचुली गाउँपालिकामा १, तुलसीपुर उपमहानगरपालिकामा दुईवटा दरबन्दी रिक्त रहेको छ । सामाजिक विषयमा राजपुर गाउँपालिकामा १ घोराही उपमहानगरपालिकामा १ जना दरबन्दी रिक्त रहेको छ ।

माध्यमिक तहमा ६ जनाको दरबन्दी रिक्त रहेको छ । जसमा नेपाली विषय घोराही उपमहानगरपालिकामा १, गणित विषयमा राप्ती गाउँपालिकामा १, विज्ञान विषयमा तुलसीपुर उपमहानगरपालिका १, घोराही उपमहानगरपालिकामा १, सामाजिक विषयमा राजपुर गाउँपालिकामा १, बंगलाचुली गाउँपालिकामा १ जना दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जानकारी दिएको छ ।

अहिले खोलिएको शिक्षक सेवा आयोगबाट भर्ना भएर आएमा केही मात्रामा भए पनि सहयोग पुग्ने छ । जिल्लामा अहिले प्राथमिक तहमा १ हजार २ सय ४० जना दरबन्दी र ४ सय ५५ जना राहत कोटाका शिक्षकहरु रहेका छन् । निमाविमा २ सय ७८ दरबन्दी र १ सय ३४ जना राहत कोटाका शिक्षकहरु रहेका छन् । माध्यमिक तहमा २ सय २२ दरबन्दी र २६ जना राहत कोटाका शिक्षक रहेका छन् ।

त्यसैगरी उमावितर्फ २५ दरबन्दी र ५१ जना राहत कोटाका शिक्षकहरु रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दाङले जनाएको छ । समयमा नै शिक्षक सेवा आयोग नखुल्दा दरबन्दी खाली हुने गरेको छ । शिक्षक सेवा आयोग नियमितरुपमा खोलिएमा दरबन्दी नहुने समस्याको समाधान हुनेछ । दरबन्दी अनुसार शिक्षक नहुँदा यसले विद्यालयमा शिक्षण सिकाई क्रियाकलापमा समेत असर पु¥याउने गरेको शिक्षाका जानकारहरु बताउँछन् । ग्रामीणस्तरमा विद्यार्थी अनुसार शिक्षकको संख्या नहुँदा पढाइमा समेत प्रभाव परेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्